• १७ मंसिर २०८०, आइतबार

एमाले अध्यक्ष ओली प्युठान आउनुहुँदै

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । फाइल तस्बिर

सलिम मियाँ

विजुवार, असोज ९ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्युठान आउनुहुने भएको छ । नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न अध्यक्ष ओली प्युठान आउन लाग्नुभएको हो ।

यो उहाँको दोस्रो पटकको प्युठान भ्रमण हुनेछ । अध्यक्ष ओली यसअघि पोलिटब्युरो सदस्य हुँदा पार्टीको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्न २०५२ पुसमा प्युठान आउनुभएको थियो ।

एमाले प्युठानका जिल्ला अध्यक्ष विजयबिराज बिस्टले पार्टीका केन्द्रीय अध्यक्ष  ओली असोज १६ गते प्युठान आउने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।  आज बसेको पार्टीको जिल्ला कमिटीको बैठकमा अध्यक्ष ओली आउने कार्यक्रमको तयारीमा जुट्ने  निर्णय भएको उहाँले बताउनुभयो । 

‘केपी ओलीलाई सुन्ने चाहना सबैको छ’, उहाँले भन्नुभयो, ‘कार्यक्रमलाई व्यवस्थित गर्न तयारी थालेका छौँ ।’ अध्यक्ष ओली प्युठान आएसँगै दुई वटा कार्यक्रममा सहभागी हुने बताइएको छ । 

पहिलो कार्यक्रम भवन उद्घाटन र दोस्रो कार्यक्रम होटल आयुस्मा जुम्रीमा पार्टीको नेता कार्यकर्तासहित आम शुभेच्छुकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्युठानले जनाएको छ ।