• १७ मंसिर २०८०, आइतबार

कालीगण्डकी कोरिडोरमा ठुलो चट्टानसहितको पहिरो

blog

सडक खुलाउन प्रयोग गरिएको डोजर । तस्बिर: तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, असोज ११ गते । कालीगण्डकी कोरिडोरमा ठुलो चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

कोरिडोरको रिडी रुद्धवेनी सडक खण्डको  रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ विष्णुपन्चरमा बुधवार राती सडकमाथिबाट ठुलो चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सडक खुलाउनका लागि हेभी इक्युमेन्टका डोजरहरू प्रयोग गरिएको बताउँदै दिउँसो सम्ममा सडक खुलाउन सकिने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो । कोरिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन र यात्रु अलपत्र परेका छन् ।

रिडी, रुद्धवेनी हर्मिचौर सडक खण्डको सडक कालोपत्रे गर्नका लागि शर्मा सगुन जेभीले काम गरिरहेको कालीगण्डकी कोरिडोर गैँडाकोट, राम्दी  मालढुङ्गा सडक योजना कार्यालय पाल्पाका इन्जिनियर पवित्रमणि आचार्यले जानकारी दिनुभयो ।