• १५ जेठ २०८१, मङ्गलबार

समृद्ध पालिका बनाउँछौँ

blog

साँगुरीगढी गाउँपालिका धनकुटाको मात्र नभई कोशीको प्रवेशद्वारका रूपमा रहेको पालिका हो । कुल १९ हजार ५६१ जनसङ्ख्या रहेको यो पालिकाको अध्यक्षमा जितेन्द्र रुम्दाली निर्वाचित हुनुभएको छ । पालिका प्रमुखको भूमिकामा उहाँको यो पहिलो अनुभव हो । स्वास्थ्य, शिक्षा, रोजगार र खानेपानीसहित बसाइँसराइ रोक्नु र पूर्वाधार निर्माण गर्नु यहाँको मुख्य चुनौती हो । कृषि पर्यटन यो पालिकाको मुख्य आधार हो । सीमित स्रोतसाधनका बिच स्थानीय बासिन्दाको असीमित चाहना पूरा गर्नु मुख्य चुनौती रहेको छ । भावी योजना, रणनीति, चुनौतीलगायतका विविध विषयमा केन्द्रित रहेर गाउँपालिकाका अध्यक्ष रुम्दालीसँग गोरखापत्रका हिले समाचारदाता कविराज घिमिरेले गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ : 

पहिलो वर्षको अनुभव कस्तो रह्यो ?

    पहिलो वर्षको अनुभव राम्रै रह्यो । जुन लक्ष्यका साथ हामीले काम गर्न खोजेका थियौँ, त्यो लक्ष्य प्राप्त गर्न आवश्यक मार्ग निर्देशन प्राप्त ग¥यौँ यो एक वर्षमा । यहाँका समस्या बुझ्न पाइयो । फरक कुरा सिक्न र अनुभव गर्ने अवसर पाइयो । 

पहिलो वर्षमा भएका मुख्य उपलब्धि के के हुन् ?

हामी निर्वाचित भएर आएपछि पालिकामा धेरै महìवपूर्ण कार्यको सुरुवात गरेका छौँ । गाउँ गाउँमा सडक त थिए तर गाडी गुड्न सकेको थिएन । ती सडकको स्तरोन्नतिमा लागेका छौँ । विभिन्न स्थानमा खानेपानीको समस्या छ, ती समस्या समाधान गर्न लागिपरेका छौँ । आधारभूत अस्पतालको अघिल्लो कार्यकालमा काम अगाडि बढेको थिएन, हामी आएपछि सोको जग्गा प्राप्त गरी प्रव्रिmया अगाडि बढायौँ । पालिका पर्यटकीय नगरी भएकाले कोसेली घर निर्माण अगाडि बढायौँ । सुरुवात यसरी नै भएको छ, अन्य धेरै मुख्य कामको सुरुवात भएको छ । 

कस्ता कस्ता चुनौतीको सामना गर्नु प-यो ?

सीमित स्रोत र असीमित मागका बिच रहेर धेरै चुनौतीको सामना गर्नुपर्ने अवस्था बन्यो पहिलो वर्ष । पहिलो वर्ष त सिक्दैमा चुनौतीको चाङको सामना गर्दैमा बित्दो रहेछ । विशेष गरी कृषि क्षेत्रमा समस्याका रूपमा रहेका बाँदर नियन्त्रण गर्नुपर्ने चुनौती थियो, अझै पनि छ । यहाँका बाटो पूर्वाधारहरू व्यवस्थित तरिकाले अझै बनाउन सकेका छैनौँ । यस्ता चुनौतीको सामना गर्नु प-यो र अहिले पनि गरिरहेका छौँ । 

यो पालिकाका आवश्यकता के के हुन् ?

प्राथमिकतामा राखेर काम गर्ने क्षेत्र स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनको क्षेत्र हो । यी यहाँका आवश्यकता हुन् । यहाँ सामान्य उपचार हुने सेवा प्रदान गर्नु छ, सामान्य उपचारका लागि धरान पुग्न नपरोस् । शिक्षालाई गुणस्तरीय, व्यावसायिक, प्राविधिकमैत्री बनाएर लैजानु छ । कृषकहरूलाई व्यावसायिक बनाउँदै उत्पादन भएको सामानको ब्रान्डिङ गरी बजारीकरण गर्नेलगायतका आवश्यकता छन् । अरू मानव संशाधन विकासका लागि चाहिने कुराहरू छन् । सिँचाइ, खानेपानी, स्वास्थ्य, शिक्षा र पूर्वाधार मुख्य आवश्यकता यिनै हुन् । 

अहिले पालिकामा समस्या के के छन् ?

कार्यालयको कुरा गर्दा सीमित कर्मचारी भएकाले समस्या छ । पटक पटक कर्मचारीको माग गर्दासमेत प्रदेशले दिन सकेको छैन । कतै एक कर्मचारीले दुई वडा चलाउनुपर्ने अवस्था छ । कतै फिल्डमा हिँड्नुपर्ने कर्मचारीले कार्यालयमै बस्नुपर्ने अवस्था छ । तर, पनि भएको स्रोत परिचालन गरेर उचित सेवा दिएका छौँ । चुस्त दुरुस्त सेवा प्रवाहका लागि प्रतिबद्ध छौँ । समग्र पालिकाको कुरा गर्ने हो भने सीमित स्रोतका कारण नागरिकका समस्या समाधान गर्न सकिरहेका छैनौँ । त्यस्ता समस्याहरू शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतको क्षेत्रमा छ । ती समस्या पनि हामीसँग भएको स्रोत परिचालन गरी सकेसम्म राम्रो सेवा दिन्छाँै ।

यी समस्या समाधान कसरी गर्ने सोच छ ?

यसका लागि पहल गरिरहेका छौँ । हामीले गर्न सक्ने काम हामीबाटै सुरुवात गरिसकेका छौँ । बाँकी प्रदेश सरकारलाई गुहारेर हुन्छ कि केन्द्र सरकारलाई गुहारेर हुन्छ । यहाँका तमाम समस्या हल गर्ने प्रयास गर्ने छाँै । त्यसका लागि अघिल्लो वर्षबाटै लागिरहेका छौँ । 

आन्तरिक स्रोत कसरी परिचालन गर्दै हुनु हुन्छ ?

आन्तरिक स्रोत निकै कम छ । खोला नदीको गिट्टी बालुवा, जनताले तिर्ने तिरो र पर्यटकीय स्थलको ठेक्काबाट अलिअलि राजस्व आउँछ । यो ज्यादै न्यून छ । राजस्वको दायरा बढाउनुपर्छ भनेर हामी लागेका छौँ । आन्तरिक स्रोतको पहिचान गरी त्यसलाई आयमा परिणत गर्ने तयारीमा छौँ । 

सङ्घ र प्रदेश सरकारसँग कत्तिको सहकार्य हँुदै छ ?

भइरहेकै छ र गर्नै पनि पर्छ । किनकि हाम्रो नियमित आउने बजेटबाट ठुला ठुला काम गर्न सकिन्न । पालिकामा पर्यटन, कृषि पूर्वाधारका क्षेत्रमा योजना सञ्चालन गरिरहेका छौँ । सबै सङ्घ र प्रदेशसँगकै सहकार्यमा हो । अहिले सङ्घ र प्रदेश सरकारसँग सहकार्य नगरी अगाडि बढ्न सक्ने विकल्प नै छैन । हामीले भने जस्तै गरी त भएको छैन तर हाम्रा मागलाई केही हदसम्म सम्बोधन गर्ने कार्य भइरहेकै छ ।

तपाईंका अबका योजना के के हुन् ?

यो पालिकालाई मेरो कार्यकालमा कृषि र पर्यटनलाई जोडेर नमुना पर्यटकीय क्षेत्र निर्माण गर्ने लक्ष्य छ । यसको सुरुवात पनि गरिसकेका छौँ । खुवालुङ् ध्वजे डाँडा ट्रेल निर्माणको तयारी गरिरहेका छौँ । यो ट्रेलको बिचका बस्तीहरू होमस्टेका रूपमा विकास गर्ने गरी काम अगाडि बढाएका छौँ । यसरी स्थानीयवासीलाइँ रोजगारसँग जोड्छौँ । त्यसै गरी कृषिजन्य उत्पादनलाई बजारसम्म पु-याउन सहयोग गर्ने उत्पादन ब्रान्डिङको तयारी गरिरहेका छौँ । कोसेली घर निर्माण गरिरहेका छौँ । जसले धेरै उद्यमीलाई बजार प्रवर्धनका लागि सहयोग पुग्ने छ । बाँकी स्वास्थ्य, शिक्षा र पूर्वाधारका कुरा त अगाडि पनि भने मुख्य प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । समग्रमा पालिकालाई दिगो विकासको बाटोतर्फ उन्मुख गर्ने मुख्य योजना हो । 

अन्य पालिकाभन्दा तपाईं र तपाईंको पालिकाले गरेको फरक कार्य के हो ?

धेरै छन्, मैले आवधिक योजना तयार गरे । योजना बैङ्क तयार गरे । यसैलाई टेकेर आगामी दिनमा काम गर्ने छौँ । सम्भवतः यो सबैका लागि नौलो हो । भूवर्गीकरणको काम सम्पन्न गरियो । स्कुलमा जङ्क फुड निषेधित क्षेत्र घोषणा गरी बालबालिकाको खाजाका लागि थोरै रकम आउँछ त्यसमा थप गरेर दिइरहेका छौँ । हामी सबै कुरामा जानकार छौँ, त्यसैले पालिकामा विज्ञ टोली बनाएर काम गरिरहेका  छौँ । पालिका भरिका दलित परिवारको स्वास्थ्य बिमा पालिकाले नै गरिदिएको छ । स्वास्थ्यका लागि अस्पताल निर्माणको कार्यलाई अगाडि बढाएका छौँ । कृषि र पर्यटनको लागि गुरु योजना तयार गरेका छौँ । कृषि उपजलाई ब्रान्डिङको तयारी गरिरहेका छौँ । पर्यटन विकासका लागि खुवालुङ्ग ध्वजे डाँडा ट्रेल निर्माणको तयारी गरिरहेका छौँ । यीबाहेक पनि हाम्रा प्राथमिकता निर्धारण गरेर काम गरिरहेका छौँ । यी काम र योजना अन्य पालिकाभन्दा फरक छन् भन्ने लाग्छ । 

अन्त्यमा साँगुरीगढी गाउँपालिकालाई कस्तो बनाउने योजना तपाईंको छ ? 

हामीले छाड्दै गर्दा एउटा समृद्ध गाउँपालिका, सुशासनयुक्त गाउँपालिका शिक्षा, स्वास्थ्य पर्यटन, कृषि र आवश्यक पूर्वाधारयुक्त पालिका बनाएर छाड्ने रहर र अठोट छ । रहरै त धैरै छ तर सबै रहर गरे जस्तो त पुग्छ पुग्दैन । पालिका अरू पालिकाभन्दा फरक ढङ्गको नगरपालिका, यहाँको विकास निर्माण, यहाँका जनताको उपलब्धि, बासिन्दा व्यावसायिक भएको हेर्न अरू पालिकाबाट पनि आउने गरी नमुना नगरपालिका होस् भन्ने मेरो चाहना छ । यस्तै बनाउन लागिपरेको पनि छु ।