काठमाडौं, मङ्सिर ३ गते । काठमाडौँ कमलपोखरीमा छठ पूजा भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आराधना गर्नुभएको छ। पूजास्थलमा राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले अस्ताउँदो सूर्यलाई अर्घदान गर्नुभयो।