• १९ फागुन २०८०, शनिबार

बल्खु प्रदर्शनमा २८ घाइते, ६ जनाको उपचार हुँदै

blog

बल्खुमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि प्रहार गरिएको अश्रुग्यास । तस्बिर : मनोजरत्न शाही

काठमाडौँ,  मङ्सिर ७ गते । काठमाडौँको बल्खुमा बिहीबार भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार शान्ति, सुरक्षा कायम गर्ने क्रममा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते भएका हुन् । झडपमा घाइते भएकामध्ये १७ जना उपचारपछि घर फर्केका छन् भने  छजनाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ । 

उत्तेजित भीडको ढुङ्गा प्रहारबाट घाइते भएका प्रहरीको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन एक सय ५७ सेल अश्रुग्यास र पाँच राउण्ड रबरको गोली प्रहार गरिएको थियो । रासस


यो पनि पढ्नुहोस

प्रसाईं समर्थकद्वारा बल्खुमा प्रदर्शन जारी

बल्खु क्षेत्रको अवस्था सामान्य

बल्खुमा दुई समूहबिच झडप र ढुङ्गा हानाहान