• २० फागुन २०८०, आइतबार

लैङ्गिक हिंसाविरुद्ध साङ्गीतिक महोत्सव

blog

हुम्ला समाचारदाता

हुम्ला, मङ्सिर १४ गते । हुम्लाको सर्केगाड गाउँपालिकामा राष्ट्रिय कलाकारको उपस्थितिमा १६ दिने लैङ्गिक हिंसाविरुद्ध साङ्गीतिक महोत्सव सम्पन्न भएको छ ।

महिला हिंसाविरुद्धको अभियानका अवसरमा मर्यादित महिनावारी तथा विभेद जोखिम न्यूनीकरण व्यवस्थापनसम्बन्धी साङ्गीतिक महोत्सव गरिएको हो । महोत्सवमा कलाकार रेखा जोशी, इब्सु सञ्याल, सुनिता बुढा क्षेत्री र तुलसी विकको  सहभागिता रहेको गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले बताउनुभयो । महिनावारी हुँदा ‘पर होइन घर भन्ने’ मूल नाराका साथ महोत्सव सञ्चालन गरिएको हो  ।

कार्यक्रममा राष्ट्रिय कलाकारले देउडा, दोहोरी र अन्य मौलिक स्थानीय भाकाका गीत सङ्गीतबाट छाउपडी प्रथा अन्त्य हुनुपर्ने सन्देश दिएको थियो । 

जिल्लामा महिनावारी भएपछि महिलालाई घरबाहिर नै राख्ने गरेको छ । देवता रिसाउँछन् भने उनीहरूलाई घरभित्र बस्न दिइँदैन । यस्तो कुपरम्पराको अन्त्यका लागि साङ्गीतिक कार्यक्रम प्रभावकारी देखिएको गाउँपालिाका अध्यक्ष रोकायाको भनाइ छ ।