• २२ मंसिर २०८१, शनिबार

आर्मी केपी ओली कप : त्रिभुवन आर्मी फाइनलमा

blog

फडिन्द्र अधिकारी

लेखनाथ, मङ्सिर १४ गते । बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। पोखरा रङ्गशालाको क्रिकेट मैदानमा बिहीबार बागमतीले दिएको एक सय २८ रनको लक्ष्य आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । 

आर्मीका लागि भीम सार्कीले ३५ बलमा ३९ रनको योगदान गर्नुभयो । अर्का ब्याट्सम्यान सोमपाल कामीले १५ र राजेश पुलामीमगर १ रनमा अविजित रहनुभयो । कुशल मल्लले ८ बलमा २७ रन, विनोद भण्डारीले २५, सन्तोष कार्कीले ७, बसिर अहमदले ५ को योगदान गर्नुभयो ।

बलिङतर्फ बागमतीका कप्तान सन्दीप लामीछानेले २, प्रतिश जिसीले १, इशान पाण्डे, रित गौतम र सोनु देवकोटाले समान १ विकेट लिनुभयो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । बागमतीका लागि प्रतीक श्रेष्ठले सर्वाधिक ५० रन बनाउनुभयो । 

टिम क्याप्टेन सन्दीप लामिछानेले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंसाकारले ३ र रोशन विके १ रिनको योगदान गर्नुभयो । बलिङतर्फ आर्मीका साहब आलमले सर्वाधिक ४ विकेट लिँदा सोमपाल कामी २ र विवेक यादवले समान १ विकेट झानुभयो । 

यस्तै अर्को सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) लाई हराउँदै मधेस प्रदेशले फाइनल यात्रा पक्का गरेको छ । मधेसले बिहीबार नै भएको दोस्रो सेमिफाइनलमा एपिएफलाई ११ रनले पराजित गरेको हो । मधेसले दिएको एक सय ९८ रनको विशाल लक्ष्य पछ्याएको एपिएफ २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८ रनमा समेटिएको थियो । फाइनल खेल शुक्रबार हुनेछ । 

प्रतियोगिताका विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार नगद पाउनेछन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्याटार र बलरले जनही २० हजार तथा म्यान अफ द म्याचले नगद पाँच हजार रुपियाँ पाउनेछन् ।