• १९ फागुन २०८०, शनिबार

चौथो फोर्टिन स्टार कप हुँदै

blog

रमेश विश्वकर्मा

गुल्मी, मंसिर १४ गते । गुल्मीमा चौथो फोर्टिन स्टार कप सञ्चालन हुने भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेलमैदानमा फोर्टिन स्टार युवा क्लबको आयोजनामा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१०) छात्र फुटबल प्रतियोगिता हुने भएको हो । 

क्लबको तेह्रौँ वार्षिकोत्सवको अवसरमा फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको महासचिव नारायण आचार्यले जानकारी दिनुभयो । महासचिव आचार्यका अनुसार प्रतियोगिता पुस ७ गतेदेखि १० गतेसम्म हुनेभएको छ । 

चार दिनसम्म सञ्चालन हुने चौथो फोर्टिन स्टार कप–२०८० को विजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

खेल नकआउट प्रणालीमा हुनेछ । क्लबले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यमा अग्रसरता देखाउँदैआएको छ ।