• १९ फागुन २०८०, शनिबार

बुटवलमा कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन आजदेखि

blog

अतिथिहरूको स्वागतका लागि बुटवलका चोकहरूमा गरिएको प्रचारप्रसार । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर, मङसिर १६ गते । 
नेपाली कांग्रेस लुम्बिनीको पहिलो प्रदेश सम्मेलन आजदेखि बुटवलमा सुरु हुँदै छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शानिबारदेखि सुरु हुन लागेको सम्मेलनको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुँने कार्यक्रम रहेको छ ।

सम्मेलनका लागि नेता तथा प्रतिनिधि हिजो नै बुटवल आइसकेका छन् भने धेरै जसो आज मात्र आउने कांग्रेसका प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन आज दिउँसो १ बजे हुँदैछ ।

सो सम्मेलनमा वरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, दीपक गिरी लगायतका नेताले सम्बोधन गर्नुहुनेछ ।

उद्घाटन सत्रमा करिब १० हजार नेता कार्यकर्ता आउने कांग्रेसको दाबी छ । कांग्रेसको प्रदेश सम्मेलनमा प्रदेशका कार्यसमितिसहित, जिल्ला सभापति, प्रदेश प्रतिनिधि सदस्य, सल्लाहकार, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि गरी करिब ७ सयको सहभागिता रहने छ । उद्घाटन सत्रपछि राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने छन् ।


ती प्रतिवेदन माथि प्रतिनिधिहरूको छलफलपछि पार्टीको आगामी कार्य दिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले बताउनुभयो ।