• १९ फागुन २०८०, शनिबार

गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

blog

देउखुरी (दाङ), मङ्सिर १६ गते । दाङको लमहीमा हाइस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । शुक्रबार बेलुका पश्चिमबाट पूर्व जाँदै गरेको रा १ ख २१७३ नम्बरको हाइसले लमही नगरपालिका-७ पदमिनीखोलामा साइकल यात्रीलाई ठक्कर दिएको थियो । 

हाइसको ठक्करबाट गम्भीर घाइते भएका लमही नगरपालिका-७ नयाँबस्ती निवासी ५२ वर्षीय भगत चौधरीको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते चौधरीलाई लमही अस्पतालमा सामान्य उपचारपश्चात् नेपालगन्ज पठाइएको थियो । 

टाउकामा गम्भीर चोट लागेका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस