• ५ वैशाख २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कनुहुँदै

blog

काठमाडौँ, मङ्सिर १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज साँझ स्वदेश फर्कँदै हुनुहुन्छ । संयुक्त अरब इमिरेट्स दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुनुभई उहाँ आज स्वदेश फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

उहाँ साँझ ६ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुने कार्यक्रम छ ।