• २० फागुन २०८०, आइतबार

हिटलरलाई चिढ्याउने भर्साइलको सन्धि

blog

मानव इतिहासमा पहिलो विश्व युद्धझै दोस्रो विश्वयुद्ध पनि उत्तिकै कलङ्कका रूपमा रहेको छ । दोस्रो विश्वयुद्धले सारा विश्वलाई तहसनहस पारेको थियो । युद्धका कारण ठूलो जनधनको क्षति भयो । युद्धले करोडौँ निहत्था मानिसको ज्यान लिएको थियो । लाखौँ मानिस अपाङ्ग, घाइते र घरबारविहीन बनेका थिए, लाखौँ बालबालिका टुहुरा भए ।

दोस्रो विश्वयुद्धको आधार सन् १९१९ मा तयार भएको थियो । सन् १९१९ त्यो वर्ष थियो जुन वर्ष पहिलो विश्वयुद्ध अन्त्यका लागि ‘ट्रिटी अफ भर्साइल’ मा हस्ताक्षर भयो । सन्धिको धारा २३१ मा पहिलो विश्वयुद्धमा भएको क्षतिको कारक जर्मनीलाई ठहर गर्दै त्यसको क्षति जर्मनीले बेहोर्नुपर्ने भनिएको थियो । परिणामतः भर्साइल सन्धि अनुसार जर्मनीले अन्य देशलाई ३३ अर्ब अमेरिकी डलर तिर्नुपर्ने अवस्था आयो, जुन धनराशि हाल २७० अर्ब डलर बराबर हुन आउँछ ।

जर्मनीले उक्त रकम सन् २०१० मा आएर मात्रै चुक्ता गर्न सक्यो ।  जर्मनीले उक्त रकमको पहिलो किस्ता सन् १९२१ तिरेको थियो । जसका कारण जर्मनीले मुद्रास्फीतिको समस्यासमेत बेहोर्‍यो । सन् १९२२ मा बर्लिनमा एउटा पाउरोटीका लागि १६० मार्क तिर्नु पथ्र्यो । यसले जर्मनीको अर्थव्यवस्था धराशायी भयो, बेरोजगारी बढेको थियो । त्यसैबेला जर्मनीको राजनीतिमा एडोल्फ हिटलर देखा परेका थिए ।

हल्ला फैलाएर जनतालाई बेवकुफ बनाउनमा हिटलरलाई महारत हासिल थियो । नाजी दलमा आबद्ध हिटलरले त्यसपछि सन् १९२३ मा जर्मनीको सत्ता हत्याउन खोजे तर सफल भएनन् । त्यसपछि उनी हल्लाका भरमा लोकप्रियता कमाउने अभियानमा जुटे ।

महँगी र बेरोजगारीले चिढिएका जनतालाई भडकाउन गाह्रो थिएन । लोकवादका लागि उनले सञ्चार माध्यमको दुरुपयोग गरे । हुँदाहुँदा सन् १९३३ मा हिटलरले आफूलाई जर्मनीको तानाशाह घोषित गरे । सत्तामा आएपछि हिटलर ‘जर्मन साम्राज्य’ को सपना देख्न थाले । जर्मनीलाई आर्य जातीय राष्ट्रका रूपमा उनले चित्रण गरे । लोकवादका लागि ‘द थ्यौरी अफ जुडियो ब्लोसेभिज्म’ प्रतिपादन गरे ।

सन् १९१९ को भर्साइल सन्धि अनुसार जर्मनीको सेनालाई एक लाख सैनिकमा सीमित गरिएको थियो । साथै थप भर्ती निषेध गरियो र सन्धिले नौसेना (जलसेना) तथा पनडुब्बीमाथि प्रतिबन्ध लगायो । वायु सेना निर्माणमा प्रतिबन्ध लगाएको थियो ।

हिटलरले भियनामा कम्युनिस्टहरूले मच्चाएको दङ्गा नियन्त्रणका लागि अस्ट्रियालाई सहयोग गरेको बताए । त्यसको दोस्रो दिन अस्ट्रियाको संसद् विघटन भयो र अस्ट्रियाले सार्वभौम हैसियत गुमायो । 

तर बेलायतका केही बुद्धिजीवी भर्साइल ट्रिटीले जर्मनीलाई न्याय नगरेको र आर्थिक रूपमा टाट पल्टेको जर्मनीसँग पहिलो विश्वयुद्धको क्षतिपूर्ति लिन नहुने तर्क गरिरहेका थिए । जर्मनीको सैन्य गतिविधिमाथिको प्रतिबन्धसमेत उचित नभएको तर्क उनीहरूको थियो । अर्कोतिर हिटलर भित्रभित्रै भर्साइल सन्धिको बर्खिलाप सैन्य गतिविधि अघि बढाइरहेका थिए ।

त्यसैबीच सन् १९३५ मा बेलायत र जर्मनीबीच ‘एङ्ग्लो–जर्मन नेभल सम्झौता’ मा हस्ताक्षर भयो । सम्झौतापछि जर्मनीलाई जलसेना स्थापनाका लागि बाटो खुल्यो । हिटलरको सैन्य गतिविधिप्रति फ्रान्स भने असन्तुष्ट थियो । त्यसैले फ्रान्सले पूर्वी सिमानामा ‘द म्यागिनट लाइन’ खडा गरी सेना तैनाथ ग¥यो । सैन्य बल सुदृढीकरणपछि हिटलरको नजर अस्ट्रियामाथि पर्न गयो । हिटलरले अस्ट्रियामा जर्मनभाषीहरूको बाहुल्यता रहेको भूभाग कब्जा गर्ने योजना बनाए । हिटलरको विस्तारवादी नीति भाषिक–सांस्कृतिकमा सीमित नभई अन्य देशको स्रोतको उपयोग गरी शक्तिराष्ट्र बन्ने थियो ।

सन् १९३८ मा हिटलर र अस्ट्रियाका चान्सलर कर्ट सुस्ननिगबीच वार्ता भयो । वार्ताका व्रममा हिटलर सुस्ननिगलाई एउटा सम्झौतामा हस्ताक्षर गराउन सफल भए । सम्झौताले अस्ट्रियामा नाजी समर्थकलाई सत्तामा पुग्ने बाटो खोल्यो । अस्ट्रिया सरकारमै हिटलर समर्थकको घुसपैठ भयो । नाजी डा. हान्स फिसकब अस्ट्रियाका अर्थमन्त्री बने । त्यसपछि उनले जेलमा रहेका नाजीलाई छुट्याए । लगत्तै अस्ट्रियामा स्वतन्त्र रहने या नाजीहरूसँग मिलेर जाने भन्ने बहस सुरु भयो । उक्त सूचना हिटलरले पाए । त्यसपछि हिटलरले सेना पठाएर अस्ट्रियाको भियना कब्जा गरे । अस्ट्रियाका चान्सलरले प्रतिकार नगरी राजीनामा दिए । हिटलरले भियनामा कम्युनिस्टहरूले मच्चाएको दङ्गा नियन्त्रणका लागि अस्ट्रियालाई सहयोग गरेको बताए । त्यसको दोस्रो दिन अस्ट्रियाको संसद् विघटन भयो र अस्ट्रियाले सार्वभौम हैसियत गुमायो ।

अस्ट्रियापछि हिटलरको आँखा चेकोस्लोभाकियामाथि लाग्यो । चेकोस्लोभाकियामा जर्मनभाषीको बाहुल्य क्षेत्र सुडेटनल्यान्ड जर्मन भूभाग भएको दाबी हिटलरले गरे । त्यतिबेला बेलायतका प्रधानमन्त्री थिए नेभिल चेम्बरलेन । चेम्बरलेन सुडेटनल्यान्ड जर्मनीलाई दिएर भए पनि युद्ध रोकिनुपर्ने बताइरहेका थिए । पछि चेम्बरलेनकै प्रस्ताव अनुसार सन् १९३८ सेप्टेम्बरमा म्युनिखमा सम्झौता भयो र सुडेटनल्यान्ड जर्मनीलाई दिइयो ।

साथै हिटलरलाई युद्ध नगर्नेमा सहमति गराइयो तर सम्झौताको मसी सुक्न नपाउँदै हिटलरले चेकोस्लोभाकियामाथि आक्रमण गरे । पश्चिमी चेकोस्लोभाकियालाई जर्मनीमा गाभे र पूर्वी चेकोस्लोभाकियालाई ‘स्लोभाक रिपब्लिक’ नाम दिए । यस घटनामा बेलायती प्रधानमन्त्री चेम्बरलेन आलोचनाको पात्र भए । विस्टन चर्चिल (पछि बेलायतको प्रधानमन्त्री) ले त “यु वेर गिभन द च्वाइस बिट्विन वार एन्ड डिसअनर, यु चुज डिसअनर एन्ड यु विल ह्याभ वार !” भनेर चेम्बरलेनको कटु आलोचना गरेका थिए ।

चेकोस्लोभाकियापछि हिटलरले पोल्यान्डमाथि धावा बोले । सन् १९३९ मा हिटलरले सोभियत सङ्घसँग अनाक्रमण सन्धिमा हस्ताक्षर गरे । कम्युनिस्टप्रति घृणा राख्ने हिटलरले सोभियत सङ्घसँग सन्धि गर्नुको पछाडिको उद्देश्य पोल्यान्डमाथि कब्जा गर्नु थियो । त्यतिबेला सोभियत सङ्घ–पोल्यान्डबीच राम्रो सम्बन्ध थिएन । योजना अनुसार हिटलरले सन् १९३९ सेप्टेम्बर १ मा १० लाख सैनिक पठाएर पोल्यान्डमाथि हमला गरे । उक्त घटनाले फ्रान्स र बेलायतलाई झस्कायो । त्यसपछि बेलायतले जर्मनीविरुद्ध युद्धको घोषणा ग¥यो । फ्रान्स, अस्टे«लिया, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिकाले समेत जर्मनीविरुद्ध युद्धको घोषणा गरे ।

यतिबेलासम्म दोस्रो विश्वयुद्ध सुरु भएको थिएन । बेलायत र फ्रान्सले पोल्यान्डलाई सहायता पठाउन नसक्दा जर्मनीले सन १९३९ सेप्टेम्बर ८ मा पोल्यान्ड कब्जा गर्‍यो । जर्मनीसँगै सोभियत सङ्घले समेत पोल्यान्डको केही भाग लियो । सन् १९१७ भन्दाअघि सोभियत सङ्घको भूभाग मानिने फिनल्यान्डलाई जर्मनीले लिने डर सोभियत सङ्घलाई थियो ।

सोभियत नेता जोसेफ स्टालिन त्यतिबेला लेनिनग्रादमा बस्थे । लेनिनग्राद फिनल्यान्डदेखि ५० किलोमिटरको दुरीमा छ । त्यसैले गर्दा सोभियत सङ्घ र फिनल्यान्डबीच युद्ध भयो । सन् १९४० मार्चमा फिनल्यान्ड र सोभियत सङ्घबीच ‘मास्को शान्ति सम्झौता’ भई युद्धविराम भयो । हिटलरको लक्ष्य भने फिनल्यान्ड नभई नर्वे र डेनमार्क थियो । त्यसैले हिटलरले सन् १९४० अप्रिल ९ मा नर्वेमाथि हमला गरे । युद्धमा नर्वेले हार बेहोर्‍यो । नर्वेका सरकार प्रमुख बेलायत पलायन भए र प्रवासबाटै सरकार चलाउने प्रयास गरे । यता हिटलरले नर्वेमा अर्को कठपुतली सरकार बनाए ।

सोभियत नेता जोसेफ स्टालिन त्यतिबेला लेनिनग्रादमा बस्थे । लेनिनग्राद फिनल्यान्डदेखि ५० किलोमिटरको दुरीमा छ । त्यसैले गर्दा सोभियत सङ्घ र फिनल्यान्डबीच युद्ध भयो ।

सुडेटनल्यान्ड प्रकरणका कारण आलोचना खेपिरहेका बेलायती प्रधानमन्त्री चेम्बरलेनले सन् १९४० मे १० मा राजीनामा दिएका थिए । त्यसपछि विल्स्टन चर्चिल बेलायतको प्रधानमन्त्री बने । सन् १९४० मे १० कै दिन हिटलरले फ्रान्स, बेल्जियम, नेदरल्यान्ड, लक्जम्बर्गमाथि हमला गरे । हिटलर अझै अघि बढिरहेका थिए । त्यसपछि फ्रान्सले ‘म्यागिनट लाइन’ मा पर्खाल निर्माण गरी सैन्य तैनाथी बढायो । बेल्जियम र लक्जम्बर्गको सिमानामा जर्मनविरोधी मोर्चामा सेना खटाइयो ।

हिटलर एक हजारभन्दा बढी फाइटर जेट र ३० लाख सैनिकका साथ युद्ध मैदानमा थिए । त्यस क्रममा हिटलरले फ्रान्समाथि धावा बोले । ‘ब्याटल अफ फ्रान्स’ नामक उक्त लडाइँमा हिटलरले जर्मन सेनालाई ‘ए’, ‘बी’, ‘सी’ गरी तीन भागमा विभाजित गरेका थिए । सेनाको समूह ‘बी’ लाई नेदरल्यान्ड र बेल्जियममा विरोधी सैनिकविरुद्ध खटाए । समूह ‘सी’ लाई ‘म्यागिनट लाइन’ मा र समूह ‘ए’ लाई आर्डेनस जङ्गल हुँदै फ्रान्सतिर पठाए ।

आर्डेनस जङ्गल हुँदै ४० हजार जर्मन सैनिकले फ्रान्स प्रवेश गरे । सन् १९४० मे १५ मा जर्मन सेनाले फ्रान्सको सेडान क्षेत्र नियन्त्रणमा लियो । त्यतिबेला फ्रान्सेली र बेलायती सैन्य दल बेल्जियममा जर्मन सेनाको समूह ‘बी’ सँग भिड्दै थिए । पछाडिबाट थप जर्मन सैन्य शक्ति आएको देख्दा बेलायती र फ्रान्सेली फौज अतालिए । जर्मन फौजले चार लाख फ्रान्सेली र बेलायती सैनिकलाई तीनतिरबाट घेरा हाल्यो । जर्मन सेनाको घेराबाट बच्न फ्रान्सेली र बेलायती फौज भाग्दै डङ्कर बन्दरगाह पुग्यो । अनि बेलायतका प्रधानमन्त्री चर्चिलले घेराबन्दीमा परेका फ्रान्सेली र बेलायती फौजलाई उद्धार गर्ने बताए । ‘अपरेसन डाइनामो’ अन्तर्गत सन् १९४० जुन ४ मा साढे तीन लाख फ्रान्सेली र बेलायती सैनिकको उद्धार गरियो । उनीहरूको गोलीगट्ठा र हातहतियार भने नष्ट हुन पुग्यो । फलतः सन् १९४० जुन २२ मा फ्रान्सले जर्मनीका अगाडि आत्मसमर्पण गर्‍यो ।

त्यतिबेला इटालीमा तानाशाह बेनितो मुसोलिनीको शासन थियो । युद्धमा मुसोलिनी फ्रान्सविरुद्ध हिटलरको पक्षमा उभिए । अनि जर्मनी र इटालीले बेलायतविरुद्ध युद्ध घोषणा गरे । सन् १९४० जुलाईसम्म जर्मनी वरिपरिका देश हिटलरको कब्जामा आइसकेका थिए । बेलायत र सोभियत सङ्घ बाँकी थिए । सन् १९३९ को शान्ति सम्झौताका कारण जर्मनी सोभियत सङ्घसँग डराएको थिएन । त्यतिबेलासम्म अमेरिका दोस्रो विश्वयुद्धबाट टाढै थियो तर बेलायतलाई जर्मनीसँग लड्नुपर्ने बाध्यता थियो । हिटलरले भने बेलायतसँग शान्ति सम्झौता चाहेका थिए । बेलायती प्रधानमन्त्री चर्चिल सम्झौताको पक्षमा थिएनन् ।

चर्चिलले युद्ध जारी राखेपछि हिटलर बेलायतमाथि आक्रमणको तयारीमा जुटे । बेलायतसँग हुने युद्धमा नौसेना र वायु सेनाको मात्रै काम थियो । जर्मनीभन्दा बेलायती नौसेना बलियो थियो । जर्मनीसँग २६ सय लडाकु विमान थिए भने बेलायतसँग सात सय थिए । त्यसैले हिटलरले सन् १९४० जुलाई १० मा वायु सेनामार्फत बेलायतमाथि हमला गरे । सन्  १९४० अगस्त २४ मा जर्मन सेनाले लन्डनमा बम खसाल्दा धेरै मानिसको ज्यान गयो । बदलामा बेलायतले जर्मनीको बर्लिनमाथि बम वर्षा गर्‍यो । त्यसपछि हिटलरले लन्डनलाई ध्वस्त पार्ने योजना बनाए ।

सन् १९४० सेप्टेम्बर १५ मा लन्डनको आकाशमाथि ११ सय २० जर्मन फाइटर विमान एकैसाथ देखा परे तर बेलायती वायु सेनाको प्रतिकारपछि जर्मनीका विमान पछि हटे । त्यसपछि हिटलरले सोभियत सङ्घलाई लक्षित गरे । सन् १९४१ अप्रिलमा हङ्गेरी, रोमानिया र बुल्गेरिया हिटलरको मोर्चा (एक्सिस पावर्स) मा सामेल भए । त्यतिबेला हिटलरले युगोस्लाभिया र ग्रिस कब्जा गरिसकेका थिए । हिटलर पक्षधर मुसोलिनी लिबिया र ग्रिस कब्जा गर्न चाहन्थे तर मध्यपूर्वमा रहेको बेलायती सैन्य उपस्थितिका कारण उनको योजना अघि बढेको थिएन ।

यतिबेलासम्म पनि हिटलरले बेलायतसँग शान्ति सम्झौताकै आशा गरिरहेका थिए । बेलायत भने पछि हट्ने अवस्थामा थिएन । सोही कारण हिटलर सोभियत सङ्घलाई हराएर शान्ति सम्झौताका लागि बेलायतमाथि दबाब सिर्जना गर्न चाहन्थे । शान्ति सम्झौता गरेर पनि सोभियत सङ्घसँग हिटलरले किन लड्न खोजे भन्ने प्रश्न पनि उठिरहेको थियो । कारण के थियो भने सोभियत सङ्घलाई जितेर जर्मनीलाई सर्वशक्तिमान राष्ट्र बनाउने सपना हिटलरको थियो तर सोभियत सङ्घमाथि कब्जा गर्ने हिटलरको सपना उनकै लागि प्रत्युत्पादक बन्यो । फ्रान्स झैँ सोभियत सङ्घमाथि कब्जाको सपना देख्नु हिटलरको ठूलो भुल थियो ।

अलाइड फोर्सबाट जर्मनीमाथि हमला सुरु गरिएको थियो । अनि जर्मनीका धेरै सहर ध्वस्त भए । सन् १९४५ फेब्रुअरीमा क्रिमियामा सम्पन्न ‘याल्टा सम्मेलन’ ले जर्मनीविरुद्ध युद्ध घोषणा गर्ने राष्ट्रलाई स्वागत गर्‍यो ।

यस परिस्थितिबीच हिटलरले सन् १९४१ जुन २२ मा सोभियत सङ्घमाथि हमला गरे । त्यसपछि सोभियत सङ्घले बेलायतसँग मिलेर जर्मनीविरुद्ध लड्ने उद्घोष गर्‍यो । सोभियत फौजलाई बेलायती सहयोग प्राप्त भयो । बेलायतले उपलब्ध गराउने थप सैन्य सामग्री इरानको बाटो रुस पु¥याउने योजना बन्यो तर इरान भने हिटलर पक्षधर थियो । त्यसपछि बेलायत र सोभियत सङ्घले इरानलाई नियन्त्रणमा लिए । त्यसैबेला जर्मनीको सेनाले सोभियत सङ्घको ठूलो भूभाग कब्जा गर्‍यो । केही समयमै जर्मन सेना मस्कोको तीन सय किलोमिटर नजिक पुग्यो । त्यसैबेला हिटलर र उनका सैन्य कमान्डरबीच मतभिन्नता हुँदा थप आक्रमण सन् १९४१ अक्टोबरसम्मका लागि स्थगित भयो । हिउँदको चिसोमा जर्मन फौजलाई सोभियत फौजसँग लड्न पनि कठिन भयो ।

त्यसैबेला जापान र सोभियत सङ्घले एक अनाक्रमण सम्झौतामा हस्ताक्षर गरे । त्यसपछि सोभियत सङ्घले पूर्वी भूभागमा तैनाथ सैनिकलाई पश्चिमी मोर्चामा खटायो । यसैबीच सन् १९४१ डिसेम्बर ७ मा जापानले एकाएक अमेरिकाको पर्ल हार्वरमाथि आक्रमण गर्‍यो । जापानको आक्रमणमा २४ सयभन्दा बढी अमेरिकी सैनिक मारिए । दोस्रो विश्वयुद्धमा तटस्थ देखिएको अमेरिकाले पर्ल हार्वर आक्रमणपछि जापानविरुद्ध युद्ध घोषणा ग¥यो । फलतः अमेरिका पनि बेलायत, सोभियत सङ्घसँगै एउटै युद्धमोर्चामा सहभागी भयो । मोर्चामा चीनसमेत थपियो ।

सन् १९४२ को मध्यतिर जर्मन फौज सोभियत सङ्घको दक्षिण भूभागमा केन्द्रित थियो । उता अमेरिका सम्मिलित मोर्चाले दक्षिणी जापानमा आक्रमण सुरु ग¥यो । सन् । १९४२ को अन्त्यतिर बेलायती फौजले इजिप्टमा रहेको इटाली र जर्मन फौजलाई हरायो । सन् १९४२ नोभेम्बरमा सोभियत फौजले स्टालिनग्रादमा रहेका तीन लाख जर्मन सैनिकलाई नियन्त्रणमा लियो र सन् १९४३ फेब्रुअरीमा जर्मन सेनाले सोभियतसमक्ष आत्मसमर्पण गरेको थियो ।

सन् १९४३ जुलाईमा इटालीका जनताले तानाशाह मुसोलिनीलाई पदच्युत गरे । इटलीमा चर्केको फासिस्टविरोधी अभियानका क्रममा मुसोलिनीको हत्या भयो । इटालीको नवगठित सरकारले हिटलरको साथ छोड्यो । सन् १९४३ नोभेम्बरमा स्टालिन, अमेरिकाका राष्ट्रपति रुजवेल्ट र चर्चिलबीच युद्ध अन्त्यका लागि तेहरानमा भेट भयो । अनि सन् १९४४ जुन ६ मा एलाइड फोर्सका क्यानेडेली, बेलायती र अमेरिकी संयुक्त फौज फ्रान्समा उत्रियो ।

त्यतिबेला हिटलरको सारा सैन्य शक्ति सोभियत सङ्घमा केन्द्रित थियो । जहाँ जर्मनले आत्मसमर्पण गर्नु पर्‍यो । जर्मनीको पश्चिमतिरबाट मोर्चा सम्हाल्नुपर्दा हिटलरले पूर्वीक्षेत्रको फौज पश्चिमतिर सारे । त्यसपछि सोभियत सङ्घले जर्मनी नियन्त्रित पोल्यान्ड, चेकोस्लोभाकिया, हङ्गेरीमाथि नियन्त्रण गर्‍यो ।

त्यसपछि अलाइड फोर्सबाट जर्मनीमाथि हमला सुरु गरिएको थियो । अनि जर्मनीका धेरै सहर ध्वस्त भए । सन् १९४५ फेब्रुअरीमा क्रिमियामा सम्पन्न ‘याल्टा सम्मेलन’ ले जर्मनीविरुद्ध युद्ध घोषणा गर्ने राष्ट्रलाई स्वागत गर्‍यो । त्यसपछि अलाइड फोर्समा भेनेजुयला, पाराग्वे, उरुग्वे, इजिप्ट, टर्की, साउदी अरब, लेबनान थपिए ।

दोस्रो विश्वयुद्धको अन्तिमतिर हिटलरको शक्ति ह्रास भइसकेको थियो । यस अवस्थामा सन् १९४५ मे मा जर्मनीको बर्लिन सहर सोभियत सैनिकले कब्जा गरे । त्यसको दुई दिनअघि अप्रिल ३० मा हिटलरले आत्महत्या गरेका थिए । सन् १९४५ मे ८ मा जर्मनीको सेनाले बेलायती–अमेरिकी फौजसामु आत्मसमर्पण गरेको थियो । युद्धपछि जर्मनीलाई पूर्वी र पश्चिम गरी दुई भागमा विभाजित गरियो । पोल्यान्ड नयाँ मुलुकका रूपमा देखा पर्‍यो । युरोपको पुनः सीमाङ्कन भयो । दोस्रो विश्वयुद्धका कारण युरोपको नक्सा नै बदलिएको थियो ।

तर जर्मनीको आत्मसमर्पणपछि पनि विश्वयुद्ध जारी थियो । सन् १९४५ जुलाईमा जापानलाई अलाइड फोर्सले आत्मसमर्पणका लागि म्याद  दिए पनि उसले मानेन । अन्ततः अमेरिकाले हिरोसिमा र नाकासाकीमाथि परमाणु बम खसाल्यो । ती बमले लाखौँ मानिसको एकै चिहान भयो । त्यसपछि जापानले आत्मसमर्पण गर्‍यो र दोस्रो विश्वयुद्धमाथि विराम लाग्यो ।  

  

Author

रतन भण्डारी