• १९ फागुन २०८०, शनिबार

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु

blog

पार्टीको केन्द्रीय कार्यालय शान्तिनगरमा सुरु भएको नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक । तस्बिर : कबित थापा

काठमाडौँ,  मङ्सिर १८ गते । नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक यहाँ सुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय शान्तिनगरमा सुरु भएको आजको सो बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, अन्तरपार्टी निर्देशन (अपानी) ११ र राष्ट्रिय सभाको निर्वाचनलगायतका विषयमा छलफल हुने सो पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद्र पाण्डेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आज हाम्रो ६९औँ केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको भए पनि सो समयमा राष्ट्रिय सभाको निर्वाचन हुने भएकाले महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ ।”  रासस