• १९ फागुन २०८०, शनिबार

सरकार फेर्ने कुरा भएकोे छैन : महामन्त्री शर्मा

blog

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै । तस्बिर : संगिता तिमिल्सेना

संगिता तिमिल्सेना
मार्तडी (बाजुरा) मङ्सिर १९ गते ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताउनु भएको छ । नेपाल प्रेस युनियन बाजुरा शाखाले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै महामन्त्री शर्माले सरकारको फेरबदलको गठबन्धन र पार्टीमा समेत कुनै कुरा नभएको बताउनु भएको हो ।

उहाँले अहिले सरकार फेरबदलको कुरामा जताततै टिप्पणी भइरहेको तर गठबन्धन र नेपाली कांग्रेस पार्टीमा यस विषयमा कुनै कुरा नभएको पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्नुभयो ।

पार्टीबाट पठाएका मन्त्रीको कमी कमजोरीलाई आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाट नै हुनुपर्ने महामन्त्री शर्माको धारणा थियो ।

नेपाली कांग्रेस सरकारमा भए पनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको महामन्त्री शर्माको भनाइ रहेको छ । “निर्वाचनपछि सरकार बनेर देशमा परिवर्तन भइरहेको छ ।” उहाँले भन्न्नुभयो । सरकारले गर्ने हरेक गतिविधिमा निगरानी गरेर गलतको खवरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने महामन्त्री शर्माले प्रतिवद्धता जनाउनु भएको छ । 

पत्रकार सम्मेलनमा महामन्त्री शर्माले पार्टीले आयोजना गर्न लागेको महासमितिको अधिवेशन नेतृत्व चयन नभएर निति बनाउने अधिवेशन भएको प्रष्ट पार्नु भएको छ । महा समितिको अधिवेशनमा नेतृत्वको चयनभन्दा पनि निति बनाउने चिन्ता पार्टीका नेताहरुमा हुनुपर्नेमा जोड दिनु भएको छ ।
उहाँले भन्नुभयो, “मिसन ८४ को चिन्ता हैन ८१, ८२, ८३ कस्तो बनाउने र देशलाई सही मार्गमा कसरी लैजाने भन्नेमा चिन्ता गर्नुपर्छ ।”

पत्रकार सम्मेलनमा देशको अवस्था रुपान्तरणका लागि गर्दै व्यवस्था बदल्न आवश्यक रहेको महामन्त्री शर्माले जिकिर गर्नु भएको छ ।