• २० फागुन २०८०, आइतबार
blog

काठमाडौं, मङ्सिर १९ गते । मङ्गलबार सुनको मूल्य तोलामा दुई हजार चार सयले घटेको छ । निरन्तर उकालो लागेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनमा दुई हजार चार सय रुपियाँ घटेर प्रतितोला एक लाख १९ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।

सोमबार सुनको मूल्य अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको थियो । सोमबार सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपियाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६५० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । तेजावी सुनको मूल्य तोलामा दुई हजार ३५० रुपियाँ घटेको छ ।

महासङ्घका अनुसार चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपियाँले घटेको छ । मङ्गलबार चाँदी प्रतितोला १५ सय रुपियाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी प्रतितोला एक हजार ५४५ रुपियाँमा कारोबार भएको थियो ।