• १९ फागुन २०८०, शनिबार

एमालेप्रति जनताको विश्वास छ : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित कार्यक्रममा सहभागी एमाले नेताहरू । तस्बिर : उपमहासचिव प्रदीप ज्ञवालीको पेजबाट

रमेश विश्वकर्मा

गुल्मी, मंसिर २० गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेप्रति जनताको विश्वास भएको बताउनुभएको छ । ‘झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा’ को सातौँ दिन आज गुल्मीको वामीटक्सारमा आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले देशको कुन ठाउँमा के समस्या छ, जनताको समस्या के छन्, जनताका मागहरू सम्बोधन र विकासको कामका लागि जनताका सुझावहरू सङ्कलन गर्न सङ्कल्प यात्रा तय गरिएको बताउनुभयो । 

सरकारको तर्फबाट भूकम्पपीडितका लागि पर्याप्त काम नभएको भन्दै तत्काल सरकारले भूकम्पपीडितका लागि सही व्यवस्थापन र पुनः निर्माणको काम अविलम्ब गर्नुपर्ने बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन एमाले अगाडि बढेको चर्चा गर्नुभयो । समृद्ध नेपाल, सुखी नेपाली बनाउन एमालेले एकल बहुमत आवश्यक रहेको बताउनुभयो ।


देशको भविष्य, सुरक्षा, राष्ट्रियता, सुशासन र विकासका लागि एमालेले एकल बहुमत ल्याएमा मिसन ८४ सफल हुने विश्वास व्यक्त गर्नुभयो । एमाले देश र जनताको काम गर्ने पार्टी भएकाले जनताको सहयोग आवश्यक रहेको बताउनुभयो ।