• २० फागुन २०८०, आइतबार

नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध

blog

काठमाडौँ, मङ्सिर २० गते । पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा पोखराले स्र्पोटिङ इलाम एफसीलाई १–० गोलले हरायो ।

पोखराको जितमा सञ्जीव विष्टले ४७औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । जितसँगै पोखराले चार खेलबाट आठ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको धनगढी एफसीको सात अङ्क छ । पराजित इलाम तीन अङ्कसहित छैटौँ स्थानमा छ ।