• १ साउन २०८१, मङ्गलबार

आर्सनल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

blog

एफसी पोर्टोलाई हराएपछि आर्सनलका खेलाडी । तस्बिर : एएफपी/रासस

काठमाडौँ, फागुन ३० गते । आर्सनल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति भएको खेलमा एफसी पोर्टोलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको हो ।

संयोगबस १४ वर्षअघि पनि आर्सनलले एफसी पोर्टोलाई ५–० गोलले हराएर च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएको थियो । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाछ लिइएको थियो ।

यसअघि पहिलो लेगमा पोर्टो १–० गोलले विजयी भएको थियो । टाइब्रेकरमा आर्सनलका गोलरक्षक डेविड रायाले पोर्टोका दुई प्रहार बचाउनुभयो ।

यस्तै मङ्गलबार राति नै भएको खेलमा इटालियन टोली नापोटीलाई समग्रमा ३–१ गोलले हराउँदै स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एजेन्सी