logo
२०७८ मंसिर १५ बुधवार



भगवती स्टिलमा आगलागी

खुला |


भगवती स्टिलमा आगलागी


कलैया समाचारदाता 
बारा, कातिक ६ गते । बाराको जीतपुर सिमरा उपमहागनरपालिका वडा नम्बर–९ छातापिपरामा रहेको भगवती स्टिल प्रा.लि.मा बुधवार दिउँसो १२ बजे आगलागी भएको छ ।

जिआई प्लान्टमा वेल्डिङ्ग गर्ने क्रममा सल्किएको आगो प्लास्टिकको बट्टामा परेपछि अचानक आगलागी हुँदा उद्योगमा लाखौं क्षति भएको बारा प्रहरीले जनाएको छ ।

आगोलाई जीतपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र अमलेखगंज आयल निगमको दमक, स्थानीय प्रहरी, सशस्त्र प्रहरी बल, उद्योगका मजदुरहरुले करिब २ घण्टापछि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको तथा यसबारे विस्तृत अनुसन्धान गरिने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?