logo
२०७७ असोज ६ मंगलवार

डुबेर बालकको मृत्यु

प्रदेश |
समाज |


2020-03-24-10739



नगेन्द्रकुमार कर्ण
जलेश्वर, चैत्र ११ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको पोखरीमा डुबेर एक वालकको मंगलबार मृत्यु भएको छ ।
आमाबुवासँगै मन्दिरमा आएका मटिहानी नगरपालिका वडा नं. ९ सिमरदही बस्ने सुनिल चौधरीको २ वर्षीय वालक प्रिन्स चौधरीको पुरन्दरसर पोखरीमा डुबेर मृत्यु भएको हो ।
मन्दिरमा पूजापाठका लागि आएका आमाबुवासँगै रहेका प्रिन्स एक्कासी पोखरीमा डुबेको प्रहरीले जनाएको छ ।
शवलाई पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाइएको छ भने घटनाको छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?