गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख ३० गते । जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँगको छलफल पछि काँग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनु भएको छ ।
सभापति देउवाले बुढानिलकण्ठमा आज अपरान्ह ४ बजे पदाधिकारी बैठक बोलाउनु भएको देउवाका स्वकीय सचिव भानु देउवाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
देउवाले ठाकुर र महतोसँगको छलफलपछि पदाधिकारी बैठक बोलाउनु भएको हो ।