logo
२०७८ जेष्ठ १ शनिवार



रुपन्देहीका सबै पत्रपत्रिका केही समयकालागि बन्द

प्रदेश |


रुपन्देहीका सबै पत्रपत्रिका केही समयकालागि बन्द


दीपक ज्ञवाली
बुटवल, वैशाख ३० गते । कोभिड १९ को चौतर्फी प्रभाव परिरहेका बेला रुपन्देहीका सबै पत्रपत्रिकाहरु बन्दभएका छन् । कोभिड संक्रमण र निषेधाज्ञाका कारण वितरण, समाचार संकलन र प्रकाशनमा चुनौती थपिएको भन्दै रुपन्देहीका पत्रपत्रिकाहरु जेठ १ गतेदेखि केही समयकालागि ननिस्किने भएका हुन् ।
प्रकाशन तथा प्रसारण समाज रुपन्देहीका अध्यक्ष नवराज कुँवरले प्रेस विज्ञप्ती जारी गर्दै संक्रमण र निषेधाज्ञाका कारण दिनप्रतिदिन चुनौती थपिदै गएकोले सबै पत्रपत्रिका केही दिनकालागि स्थगन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
कोभिड १९ को अवस्थालाई मध्यनजर गरी सक्दो छिटो पत्रिका पुनःप्रकाशन गर्ने प्रतिबद्धता समेत प्रकाशन प्रसारण समाज रुपन्देहीले जाहेर गरेको छ ।
प्रसारण अन्तर्गतका रेडियो, टेलिभिजन तथा अनलाईन सञ्चार माध्यमहरुले भने कोभिड १९ को स्वास्थ्य मापदण्ड अपनाई सञ्चार माध्यममा कार्यरत श्रमजिवीपत्रकार, कर्मचारीहरुको स्वास्थ्यमा असर नपर्ने गरि सुरक्षित रही प्रसारण गर्न सकिने समाजले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?