सपना थामी
काठमाडौं, वैशाख ३० गते । राष्ट्रपतिद्वारा आव्हान गरिए अनुसार बिहीबार साँझ ९ बजे सरकार गठनको समय सकिदै थियो । वैशाख २७ गतेको प्रतिनिधि सभामा विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विश्वासको मतको पक्षमा ९३ मत खसेको थियो । यसपछि भने राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बहुमतका अाधारमा सरकार गठनका लागि दावी पेश गर्न तोकिएको मिति आज साँझ सकिदैछ ।
संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकार गठबन्धनको पहल गर्दै आएको थियो । तर बिहीबार बिहानै बालुवाटारमा सत्तारुढ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बसेको स्थायी कमिटी बैठकले असन्तुष्ट पक्ष एमाले नेता माधवकुमार नेपालसहितका चार नेताहरु सुरेन्द्र पाण्डे, डा। भीम रावल र घनश्याम भुषालमाथी ६ महिनाका लागि गरिएको कारबाही फुकुवा गर्ने निर्णयले सरकार गठनसम्मको गेममा प्रभाव पुग्यो ।
एमाले अध्यक्ष ओलीले स्थायी कमिटी बैठक लगत्तै एमाले नेता माधवकुमार नेपाललाई भेट गर्न उद्योगी रामेश्वर थापाको घरमा पुग्नुभएको थियो । यता पार्टी अध्यक्ष ओली र नेपालबीचमा भेट चलिरहेकै अवस्थामा उता जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीच प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भेट भयो । भेटबारे दुवै पक्षले कुनै प्रतिक्रिया नदिई बाहिर निस्केपनि जसपा अध्यक्ष ठाकुरले सरकार गठनका लागि राष्ट्रपति समक्ष पत्र पठाइसकिएको बताइएको थियो ।
जसपाका नेताहरु ठाकुर र महतोले काँग्रेस सभापति देउवालाई भेट गरे लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उहाँलाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुग्नुभएको थियो । काँग्रेस सभापति देउवासँगको भेटपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी कमिटी बैठक आव्हान गर्नुभएको थियो ।
जसपा र नेकपा माओवादी केन्द्रबीचको भेटपनि काँग्रेसले पदाधिकारी बैठक बसेको हो । काग्रेस बैठक मुख्यगरि सरकार गठनका विषयमा केन्द्रीत रह्यो । यति नै बेला जसपाका ठाकुर पक्षका सांसदहरुबीच भक्तपुरस्थित एक रिर्सोटमा छलफल भयो ।
सरकार गठनको अन्तिम दिन एमाले स्थायी कमिटी बैठकले नेता नेपाल पक्षमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेसँगै यसलाई एमालेभित्र सकारात्मक रुपमा हेरिएको छ नै यसले सरकार गठनमा समेत विशेष अर्थ राखेको छ । अन्यथा, एमाले नेता नेपाल पक्षले दिने भनिएको सामूहिक राजीनामा कारण काँग्रेस, माओवादीसहितको सरकार गठनका लागि बहुमत पुग्ने थियो ।
साँझ प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा अाेली र जसपाका नेता ठाकुर र महताेबीच बालुवाटारमा निर्णायक छलफल ।