गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख ३० गते । नेकपा एमालेका यूवा नेता योगेश भट्टराईले पार्टी एकता सबैको चाहना भएको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले आज अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बीचमा भएको वार्ताले परिस्थितीलाई सकारात्मक दिशा दिएको बताउनुभएको छ ।
आजको थालनीलाई तार्किक निश्कर्षमा पुर्याउन, पार्टीमा सबैको सम्मानजनक अवस्था सिर्जना गर्न र नेकपा एमालेलाई थप एकताबद्ध बनाउँदै आगामी प्रतिस्पर्धामा पार्टीलाई श्रेष्ठ साबित गर्ने कार्यभारमा सबैलाई गोलबन्द गरौ उहाँले भन्नु भएको छ । साथै एकतालाई कमजोर गर्ने कुनै पनि टिप्पणी नगरौ, धैर्य गरौ नेता भटटराईले भन्नु भएको छ ।