logo
२०७८ जेष्ठ १ शनिवार



सभापति देउवाद्वारा गैरेको निधनप्रति दुःख व्यक्त 

राष्ट्रिय |


सभापति देउवाद्वारा गैरेको निधनप्रति दुःख व्यक्त 


काठमाडौँ, वैशाख ३० गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्वाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समितिका सदस्य विष्णुप्रसाद गैरेका निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

पार्टीका महाधिवेशन प्रतिनिधि उहाँको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा आज ५६ वर्षका उमेरमा निधन भएको हो । पूर्वप्रधानमन्त्री देउवाले शोक वक्तव्यमार्फत उहाँले नेपालको लोकतान्त्रिक आन्दोलन र वैदेशिक रोजगारका क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

कपिलवस्तु जिल्ला, शिवराज नगरपालिका–. ११ निवासी गैरेले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै कांग्रेसले उहाँको निधनबाट पार्टीले होनाहार व्यक्तित्वलाई गुमाएको जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?