logo
२०७८ जेष्ठ ११ मंगलवार



ओखलढुंगामा एक जना कोरोना संक्रमितको मृत्यु

प्रदेश |


ओखलढुंगामा एक जना कोरोना संक्रमितको मृत्यु
सांकेतिक तस्बिर


मनोज भट्टराई
ओखलढुंगा, जेठ १० गते । ओखलढुंगामा कोरोनाबाट आज एकजना महिलाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका ११ का ५८ वर्षीया महिलाको मृत्यु भएको हो ।
जेठ ७ गते उनीमा कोरोना पुष्टि भई ओखलढुंगा सामुदायीक अस्पतालमा उपचाररत उनको सोमबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय ओखलढुंगाका प्रमुख सुमन तिवारीले बताउनुभयो । ओखलढुंगामा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका ११ का ५८ बर्षिय बुधमाया श्रेष्ठ रहनु भएको छ । उहाँ ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत रहेको जनाइएको छ । मृतक श्रेष्ठको स्वासप्रस्वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनको अक्सिजन लेवलसमेत कम रहेको थियो ।
अहिले डिसीसीएमसीको बैठक बसिरहेकोले बैठकको नियर्ण अनुसार शवको ब्यवस्थापन गरिने तयारी गरिएको छ । जिल्लबाट कामका शिलशिलामा अन्यत्र गयर कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भए पनि जिल्लामै कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?