logo
२०७८ जेष्ठ ११ मंगलवार



नइ सोध पुरस्कार घोषणा

खुला |


नइ सोध पुरस्कार घोषणा


गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ६ गते । नेपाली भाषासाहित्यका विशिष्ट साधकका विषयमा विद्यावारिधि शोध गर्नेलाई एक लाख रुपियाँ राशिको नइ सोध पुरस्कार घोषणा गरिएको छ । नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा एक जना विशिष्ट शोधार्थीलाई सो पुरस्कार दिन लागिएको जनाइएको छ ।
नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसार, राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी, ईश्वरवल्लभ, प्रा.डा. वासुदेव त्रिपाठी र डा.वानीरा गिरीका व्यक्तित्व, कृतित्व र साहित्यिक योगदानबारे विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई नइ शोध पुरस्कार समर्पण गरिने छ । नइ प्रकाशनद्वारा नै उपाधि, सम्मान र पुरस्कारले विभूषितमाथि उल्लेखित पाँच जना साधकमध्ये सम्बन्धित एक जनाको नाउँ जोडेर हरेक साल नइ शोध पुरस्कार समर्पण गर्ने निर्णय गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?