• १५ जेठ २०८०, सोमबार

‘परिश्रम गर्ने समय’

शैक्षिक क्षेत्रलाई हेर्दा चैत महिना निकै चलायमान हुन्छ । वैशाखदेखि नयाँ शैक्षिक सत्रको थालनी हुने गर्दछ । विद्यालयलाई नयाँ विद्यार्थी भर्नाको चासो हुन्छ भने विद्यार्थीलाई परीक्षाको चासो । ससाना बच्चालाई नयाँ भर्नाको तयारीको समय पनि हो । अहिले सबै तहका विद्यार्थी परीक्षाकै तयारीमा छन् । सबै विद्यार्थीको एउटै चासो हुन्छ, ‘परीक्षा परिणामलाई कसरी सर्वोत्कृष्ट बनाउने ।”

मोबाइल

रोशन साह्रै ज्ञानी छ । ऊ ७ कक्षामा पढ्छ । पढाइमा साह्रै अब्बल छ । हरेक पटक कक्षामा प्रथम हुन्छ । त्यति मात्रै कहाँ हो र ! विद्यालयले हरेक वर्ष आयोजना गर्ने विभिन्न प्रतियोगितामा पनि ऊ पुरस्कृत भएकै हुन्छ । त्यसैले त रोशनको बुवाआमा आफ्नो छोराको बानीदेखि साह्रै खुसी हुनुहुन्छ ।

कोइली र काफल

बेतिनी वन बाक्लो र हरियो थियो । वनमा धेरै काफलका रुखहरू थिए । ऐँसेलुका झाङमा ऐँसेलु लटरम्मै पाकेका थिए । काफल पाकेर रुखहरू राताम्मै थिए । चुत्रोका बुटाहरू चुत्रो पाकेर कालै भएका थिए । जामुनो पनि पाक्न थालेको थियो । झ्याउँकिरीका आवाजले वनको वातावरण सङ्गीतमय बनेको थियो । मान्छेका बस्तीभन्दा वन धेरै सफा, शान्त र आनन्ददायी थियो ।

पढ्ने रहर

म बाबाममीसँग शनिबारको दिन पशुपतिनाथको दर्शन गर्न गएको थिएँ । मेरो सानी बहिनी पनि हामीसँगै गएकी थिइन् । पशुपतिनाथ मन्दिरमा मानिसको भीड थियो । बाँदरहरू पनि धेरै थिए । प्रहरीदाइले लाइनमा लागेका मानिसलाई पालैपालो पूजा गर्ने व्यवस्था मिलाइदिनुभएको थियो । म पनि बाबाममीसँगै पशुपतिनाथको दर्शन गरेर फर्किएँ । पुरानो बानेश्वर चोक पुगेपछि मेरो बहिनीले जुस पिउने कुरा गरिन्

केही नेपाली उखानहरू :

१. हात्ती दिउँला भन्नेसित बोको मागी हेर्नु । २. हीराको मोल कीराले जान्दैन । ३. हरिप बन्नुभन्दा गरिब हुनु बेस । ४. जस्तो खाना त्यस्तै दिमाग, जस्तो दिमाग त्यस्तै पहिचान । ५. लाटो खान्छ एक बल्ट्याङ, बाठो खान्छ तीन बल्ट्याङ ।