logo
२०७८ असार ३ बिहीवार

दैनिक अध्यावधिक

image
2014

सङ्क्रमित

image
3082

निको भएका

image
52

मृत्यु भएका

मिति:असार २, २०७८ (१७:०७)
स्राेत:https://covid19.mohp.gov.np/



आपसी झगडामा साथीको हत्या

प्रदेश |


आपसी झगडामा साथीको हत्या
सांकेतिक तस्वीर


झापा, असार ३ गते । मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ । हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । आपसी झगडा हुँदा खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाँधेर हत्या गरेको आरोपी शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताउनुभयो ।

स्थानीय इटाभट्टा छेउमा क्र्याक ब्यान्डिजको कपडाले घाँटी बाँधिएको र मुखबाट रगत बगिरहेको अवस्थामा लिङ्देनको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि मेची अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?