कतार विश्वकपका तथ्य

 अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई सन् २०१० मा पछाडि पारेर कतारद्वारा आयोजना अधिकार प्राप्त।  यस प्रतियोगिताको पहिलो खेल सुरुमा हल्यान्ड र सेनेगलबीच हुने तय थियो तर पछि आयोजकबाटै सुरु गर्ने भएपछि कतार र इक्वेडरबीच उद्घाटन खेल हुने भएको छ।  चार वर्ष पहिले विश्वकप आयोजना गरेको रुस युक्रेनमाथि हमला गरिरहेका कारण यसपालि विश्वकपमा प्रतिबन्धित छ।  विश्वकपमा पहिलो पटक महिला रेफ्री।