बाटो चिनाउने ‘बाटो म्याप्स’
बाक्लो आवादी, साँघुरा गल्ली अनि जताततै जोडिएका सडक। काठमाडौँ उपत्यकामा एकै पटकमा भनेको ठाउँमा पुग्नै अप्ठ्यारो। त्यसैमाथि यो सहरमा नयाँ मान्छेका लागि त गाडी चल्ने रुटदेखि अस्पताल, मनोरञ्जनस्थल, घुमघाम गर्ने ठाउँ पहिचान गर्नै मुस्किल। गुगल म्याप प्रयोग गरे पनि ठेगाना बताउने नेपालीको ठेट शैलीका कारण भनेको ठाउँमा ठ्याक्कै पुग्न पनि सकिने अवस्था छैन। अझ कहिलेकाहीँ गुगल म्यापको सानो कमजोरीका कारण झन् अप्ठ्यारो अवस्था सिर्जना भइदिन्छ। यस्तै समस्यालाई सम्बोधन गर्दै काठमाडौँ उपत्यकामा खोजेको ठाउँमा सजिलैसँग पुग्न सक्ने गरी नेपाली शैलीमा बनेको एप्स हो ‘बाटो म्याप्स’ ।